२०८३, ३१ जेष्ठ सोमबार

वागमती सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

वागमती सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह


काठमाडौं, २० असार  नेपालमा मनसुनी प्रभाव कायमै रहेको मौसमविदले बताएका छन् । आज आइतबार बिहान प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेल बताउँछिन् ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेल बताउँछिन् ।

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

यद्यपि, अघिल्ला दिनहरुको तुलनामा केही कम वर्षा हुने जनाइएको छ । ‘तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केही दिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन’, मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुने सम्भावना रहन्छ । सामान्य र मध्यम वर्षा भने हुने नै छ ।’

अघिल्लो हप्ता देशका धेरै स्थानमा अति भारी वर्षा भएको थियो । जसका कारण पहिलो तथा बाढी आएको थियो । पहिरोले जनधनको क्षति पुर्याएको थियो । राजमार्गहरुमा पहिरो जाँदा सवारी आवगाम प्रभावित भएको थियो । अझै कतिपय सडक अबरुद्ध नै छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा आगामी तीनदिन भारी वर्षाको सम्भावना न्यून छ । तर, सामान्य न्युन वर्षा भने जुनसुकै बेला हुनेछ । आज काठमाडौं उपत्यकामा अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् पोखरेल बताउँछिन् ।

प्रकाशित मिति : २०७८, २० असार आईतबार  ७ : ४४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क