२०८२, १९ मंसिर शुक्रबार

आज वर्षकै लामो दिन : पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ

आज वर्षकै लामो दिन : पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ


काठमाडौं, ७ असार :  आज असार ७ गते सोमबार । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ ।

समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरीत हुन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

ज्योतिष सिटौलाका अनुसार बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

प्रकाशित मिति : २०७८, ७ असार सोमबार  ८ : ५९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको