२०८३, १ भाद्र मंगलबार

आज वर्षकै लामो दिन : पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ

आज वर्षकै लामो दिन : पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ


काठमाडौं, ७ असार :  आज असार ७ गते सोमबार । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ । आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ ।

समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरीत हुन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

ज्योतिष सिटौलाका अनुसार बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

प्रकाशित मिति : २०७८, ७ असार सोमबार  ८ : ५९ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक