२०८३, २४ भाद्र बिहीबार

सिन्धुपाल्चोक बाढीमा थप एक चिनियाँ नागरिकको शव फेला

सिन्धुपाल्चोक बाढीमा थप एक चिनियाँ नागरिकको शव फेला


सिन्धुपाल्चोक, ३ असार :  सिन्धुपाल्चोकमा भारी वर्षापछिको बाढी पहिरोको वितण्डामा परेर वेपत्ता भएकामध्ये थप एक जनाको शव मंगलबार राति फेला परेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको पहिरो र बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था अज्ञात रहेकाले खोजी जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रवक्ता डीएसपी प्रकाश सापकोटाले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार मंगलबार राति बेपत्ता १६ जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव फेला परेको छ । मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक भएको तर उनको नाम खुलिनसकेको डीएसपी सापकोटाले जानकारी दिएका छन् ।

अन्य बेपत्तामध्ये अहिलेम्म ६ जनाको नाम खुलेको उनले जानकारी दिए । उनका अनुसार ती हुन्– हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, सोही ठाउँको ४२ वर्षीय गणेश ज्योति, हेलम्बु वडा नम्बर ३ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपती र ६६ वर्षीया टीकामाया खड्का, हेलम्बु–६ का दम्पती च्याङ्बा तामाङ र उनकी श्रीमती तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल ।

यस्तै पछिल्लो जानकारीअनुसार सिनो हाइड्रोमा कार्यरत ९ कर्मचारी पनि सम्पर्कविहीन भएको डीएसपी सापकोटाले जानकारी दिएका छन् । तिनमा तीन जना नेपाली, तीन जना भारतीय र तीन जना चिनियाँ छन् । ‘उनीहरूको नाम खुल्न बाँकी छ,’ डीएसपी सापकोटाले भने, ‘पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’

 

प्रकाशित मिति : २०७८, ३ असार बिहीबार  ८ : ५५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको