२०८२, १९ मंसिर शुक्रबार

सिन्धुपाल्चोक बाढीमा थप एक चिनियाँ नागरिकको शव फेला

सिन्धुपाल्चोक बाढीमा थप एक चिनियाँ नागरिकको शव फेला


सिन्धुपाल्चोक, ३ असार :  सिन्धुपाल्चोकमा भारी वर्षापछिको बाढी पहिरोको वितण्डामा परेर वेपत्ता भएकामध्ये थप एक जनाको शव मंगलबार राति फेला परेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको पहिरो र बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था अज्ञात रहेकाले खोजी जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रवक्ता डीएसपी प्रकाश सापकोटाले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार मंगलबार राति बेपत्ता १६ जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव फेला परेको छ । मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक भएको तर उनको नाम खुलिनसकेको डीएसपी सापकोटाले जानकारी दिएका छन् ।

अन्य बेपत्तामध्ये अहिलेम्म ६ जनाको नाम खुलेको उनले जानकारी दिए । उनका अनुसार ती हुन्– हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, सोही ठाउँको ४२ वर्षीय गणेश ज्योति, हेलम्बु वडा नम्बर ३ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपती र ६६ वर्षीया टीकामाया खड्का, हेलम्बु–६ का दम्पती च्याङ्बा तामाङ र उनकी श्रीमती तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल ।

यस्तै पछिल्लो जानकारीअनुसार सिनो हाइड्रोमा कार्यरत ९ कर्मचारी पनि सम्पर्कविहीन भएको डीएसपी सापकोटाले जानकारी दिएका छन् । तिनमा तीन जना नेपाली, तीन जना भारतीय र तीन जना चिनियाँ छन् । ‘उनीहरूको नाम खुल्न बाँकी छ,’ डीएसपी सापकोटाले भने, ‘पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’

 

प्रकाशित मिति : २०७८, ३ असार बिहीबार  ८ : ५५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको