२०८३, ३१ जेष्ठ सोमबार

कोभिड संक्रमितलाई सघाउदै प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र

कोभिड संक्रमितलाई सघाउदै प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र


धुलिखेल २२ जेठ :  प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकाको आइसोलेसनमा कोरोना भाइसरबाट संक्रमित भई कोभिड १९ सँग लडिरहेका विरामीहरुलाई सहयोग उपलब्ध गराएको छ । नगरको आइसोलेशनमा रहेका विरामीहरुलाई अक्सिमिटर, थर्मोमिटर, थर्मलगन, स्टिमर, पिपिई सेट, सर्जिकल मास्क, सेनिटाइजर, फेससिल्ड, गमबुट, सावुन, झुल, अण्डा लगायतका सामानहरु वितरण गरी सघाएको हो ।

कोभिड–१९ कोरोना भाईरस नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामग्री संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले नगरप्रमुख टोकबहादुर वाईवा र उपप्रमुख निर्मला शाहीलाई हस्तान्तरण गर्दै सामाजिक संघ संस्थाले नागरिकको सुखदुःखमा साथ दिनुपर्ने बताउनुभयो । संस्थाले मेलमिलापको क्षेत्रमा कार्य गर्दै आएको र कोभिड महामारीबाट नागरिकहरु समस्यामा परिरहेको बेला संस्थाको तर्फबाट भेटघाट र सानो सहयोग मात्रै उपलब्ध गराएको बताउँदै थापाले भने, ‘ठूलो सहयोग गर्न नसके पनि विपदमा परेका नागरिकलाई भेटघाट मात्रै गर्दा पनि सान्त्वना मिल्छ ।’ सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा आफ्नो कार्यक्षेत्र रहेका सम्पूर्ण जिल्लाहरुमा स्वास्थ्य सामग्री सहयोग गर्ने योजना बनाएको संस्थाकी क्षेत्रीय संयोजक रिता मानन्धरले बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईवाले नगरपालिकाको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा संस्थालाई धन्यवाद दिनुहुदै संस्थाले उपलब्ध गराएका स्वास्थ्य सामग्रीले संक्रमित र अग्रपंक्तिमा रहेर कोभिड १९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुलाई थप मद्दत पुग्ने बताउनुभयो । त्यसैगरी उपप्रमुख निर्मला शाहीले संस्थाद्वारा विगतमा न्यायिक समितिलाई पु¥याएको सहयोगको स्मरण गर्दै महामारीको बेलामा घरदैलोमा आएर गरेको सहयोगलाई नगरपालिकाले नविर्सने बताउनुभयो । त्यसैगरी गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेका अध्यक्ष टोम सापकोटाले सामाजिक संघ÷संस्था समाजको अभिन्न अंग हो भएकाले यसले नगरिकको हरेक सवालमा साथ दिदै आएको बताउनुभयो ।
संस्थाले देशको ६ वटा प्रदेशको २३ वटा जिल्लामा अन्तरव्यक्ति विवाद र बहुसरोकार द्धन्द्ध रुपान्तरण कार्यक्रम संचालन गर्दै आईरहेको छ । विगत एकदशकदेखि मेलमिलापको क्षेत्रमा समेत काम गर्दै आएको संस्थाले कोभिड महामारीबाट समस्यामा परेकालाई मानवीय सेवाको रुपमा सहयोग गर्दै आएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरे, डा. शिशिर बञ्जारा, भण्डार शाखा प्रमुख रामचन्द्र बजगाई, सूचना अधिकृत उमेश अधिकारी, कानूनी सहजकर्ता परमात्माराम पराजुली, संस्थाका कोषाध्यक्ष निरुमाया थिङ लगायतको सहभागिता रहेको थियो । आजै दोलखाका दोलखाको कालिञ्चोक गा.पा. र भिमेश्वर न.पा. मा रहेको आइसोलेशन सेन्टर र कोभिड अस्पताललाई, कालिञ्चोक गा.पा. वडा नं ५ र २, शैलुङ्गको वडा न. ४, ६ र ७ का संक्रमित र अति विपन्न घरधुरिको लागि स्वास्थ्य सामग्री संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाले जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई हस्तान्तरण गनुभएको छ ।

प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले द म्याकनल फाउण्डेसनको सहयोगमा आफ्नो कार्यक्षेत्रमा रहेका आइसोलेशन सेन्टरलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ८ : ४२ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क