२०८२, २७ श्रावण मंगलबार

काभ्रेमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


धुलिखेल २१ जेठ :   प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले पाँचखाल नगरपालिकाको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ कोरोना भाईरस नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका क्षेत्रिय संयोजक रीता मानन्धरले बताउनु भयो । शुक्रबार संस्थाले नगरपालिकाको आईसोलेशन सेन्टरलाई पल्स अक्सिमिटर ५ पिस, पुनः प्रयोग गर्न मिल्ने पिपिई सेट १५, थर्मल गन १, थर्मोमिटर १० पिस, सर्जिकल मास्क दुईहजार पिस, स्यानिटाईजर पाँच सय मि.लि. १० बोटल, फेस सिल्ड ५० पिस, स्टिमर ५ पिस, गम बुट ५ पिस, साबुन ५० पिस लगायतका स्वास्थ्य सामग्राी नगरपालिकाका उप–प्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य संयोजक उज्जवल अधिकारलाई हस्तान्तरण गरेको हो ।

संस्थाले सहयोग गरेको स्वास्थ्य सामाग्रीले कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र आइसोलेशन केन्द्रमा रहेका कोरोना संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने नगरपालिकाका उप–प्रमुख लक्ष्मी दनुवारले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई र गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष टोमप्रसाद सापकोटाको उपस्थीति रहेको थियो ।

संस्थाले देशको ६ वटा प्रदेशको २३ वटा जिल्लामा अन्तरव्यक्ति विवाद र बहुसरोकार द्धन्द्ध रुपान्रतण कार्यक्रम संचालन गर्दे आईरहेको छ । त्यस्तै संस्थाले विगत एक दशकदेखि मेलमिलापको क्षेत्रमा समेत काम गर्दै आईरहेको छ । संस्थाले कोभिड महामारीबाट समस्यामा परेकालाई मानवीय सेवाको रुपमा सहयोग गरिएको क्षेत्रीय संयोजक मानन्धरले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७८, २१ जेष्ठ शुक्रबार  ७ : ३५ बजे

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३