२०८३, २५ भाद्र शुक्रबार

काभ्रेमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


धुलिखेल २१ जेठ :   प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले पाँचखाल नगरपालिकाको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ कोरोना भाईरस नियन्त्रण रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका क्षेत्रिय संयोजक रीता मानन्धरले बताउनु भयो । शुक्रबार संस्थाले नगरपालिकाको आईसोलेशन सेन्टरलाई पल्स अक्सिमिटर ५ पिस, पुनः प्रयोग गर्न मिल्ने पिपिई सेट १५, थर्मल गन १, थर्मोमिटर १० पिस, सर्जिकल मास्क दुईहजार पिस, स्यानिटाईजर पाँच सय मि.लि. १० बोटल, फेस सिल्ड ५० पिस, स्टिमर ५ पिस, गम बुट ५ पिस, साबुन ५० पिस लगायतका स्वास्थ्य सामग्राी नगरपालिकाका उप–प्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य संयोजक उज्जवल अधिकारलाई हस्तान्तरण गरेको हो ।

संस्थाले सहयोग गरेको स्वास्थ्य सामाग्रीले कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र आइसोलेशन केन्द्रमा रहेका कोरोना संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने नगरपालिकाका उप–प्रमुख लक्ष्मी दनुवारले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई र गैरसरकारी संस्था महासंघ काभ्रेका अध्यक्ष टोमप्रसाद सापकोटाको उपस्थीति रहेको थियो ।

संस्थाले देशको ६ वटा प्रदेशको २३ वटा जिल्लामा अन्तरव्यक्ति विवाद र बहुसरोकार द्धन्द्ध रुपान्रतण कार्यक्रम संचालन गर्दे आईरहेको छ । त्यस्तै संस्थाले विगत एक दशकदेखि मेलमिलापको क्षेत्रमा समेत काम गर्दै आईरहेको छ । संस्थाले कोभिड महामारीबाट समस्यामा परेकालाई मानवीय सेवाको रुपमा सहयोग गरिएको क्षेत्रीय संयोजक मानन्धरले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७८, २१ जेष्ठ शुक्रबार  ७ : ३५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको