सिन्धुपाल्चोक, २० जेठ : सिन्धुपाल्चोकमा आइसोलसन भवनको झ्यालबाट हामफालेर भाग्न खोज्दा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बलेफी गाउँपालिका–६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा ज्यान गएको गाउँपालिकाले जनाएको छ ।
जुगल गाउँपालिकालेले जारी गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लैजाँदै गर्दा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलसनमा उपचारका लागि लगिएको थियो ।
प्रतिक्रिया