धुलिखेल १९ जेठ : काभ्रेको धुलिखेलमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर–८ पकुचामा बस्ने थामी परिवारले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको हो । मृत्यृ हुनेमा ४३ बर्षका नरबहादुर थामी र २५ बर्षका विमला थामी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनुभयो ।
दोलखा जिल्ला बैत्तेश्वर गाउँपालिका–६ स्थायी घर भएका थामी परिवार केहि बर्षदेखि धुलिखेल ८ पकुचामा बस्दै आएका थिए । जंगली च्याउ खाएका सोहि परिवारका २९ बर्षका पूर्ण थामी,२७ बर्षका सुर्य थामी, १९ बर्षका कृष्ण थामी र ६२ बर्षका रामबहादुर थामीको उपचार भईरहेको बताईएको छ ।
प्रतिक्रिया