२०८२, २४ कार्तिक सोमबार

काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृहको अनुरोध, निषेधाज्ञालाई थप कडाई गर्नु

काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृहको अनुरोध, निषेधाज्ञालाई थप कडाई गर्नु


काठमाडौं ९ जेठ  : गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर गरेको छ ।
शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव)  जनकराज दाहालले बताए ।

सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ । कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।

‘भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको छ’ गृह प्रवक्ता दाहालले भने–‘अध्यादेश पनि जारी भएको हुनाले सो अध्यादेशअनुसार कार्यान्वयन गर्न परिपत्र गरेका छौं ।’ गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर भिडभाड हुन नदिन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०७८, ९ जेष्ठ आईतबार  ९ : १२ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य