काठमाडौं ८ जेठ : बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज आस्ट्राजेनेका कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ ।
बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको बताइएको छ । बेलायती संसदको उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ गएको बिहीबार नै नेपाललाई उक्त खोज उपलब्ध गराउनेबारे निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको छ र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी हामीलाई प्राप्त भएको छ’ स्रोतले भन्यो ।
प्रतिक्रिया