२०८३, १२ बैशाख आईतबार

लमजुङको भुलभुले केन्द्र भएर फेरि ५.३ म्याग्निच्युडको भूकम्प लमजुङमा ठूलो क्षति

लमजुङको भुलभुले केन्द्र भएर फेरि ५.३ म्याग्निच्युडको भूकम्प लमजुङमा ठूलो क्षति


लमजुङ, ५ जेठ  :  लमजुङमा आज बिहान तीन घण्टाको फरकमा गएको भूकम्प गर्दा लमजुङमा ठूलो क्षति भएको छ । भूकम्पको धक्काका कारण करीब सात घर भत्किएका छन् भने केहि व्यक्ति घाइते समेत भएका छन् । बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै फेरि ८ बजेर २६ मिनेटमा भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकाले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

प्रकाशित मिति : २०७८, ५ जेष्ठ बुधबार  १२ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले