लमजुङ, ५ जेठ : लमजुङमा आज बिहान तीन घण्टाको फरकमा गएको भूकम्प गर्दा लमजुङमा ठूलो क्षति भएको छ । भूकम्पको धक्काका कारण करीब सात घर भत्किएका छन् भने केहि व्यक्ति घाइते समेत भएका छन् । बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै फेरि ८ बजेर २६ मिनेटमा भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकाले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।








प्रतिक्रिया