धुलिखेल २ जेठ : जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञालाई निरंतरता दिने भएको छ । जिल्ल प्रशासन कार्यालयले बैशाख १९ गते राति १२ बजेदेखि लगाएको निषेधाज्ञालाई निरंतरता दिदै जेठ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । काभ्रेमा जेठ १२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको समय थपेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनु भयो । काभ्रेमा दोस्रो चरणको कोरोना भाईरस संक्रमण बढेपछि निषेधाज्ञाको समय यो तेस्रो पटक हो ।
प्रतिक्रिया