२०८२, ५ श्रावण सोमबार

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनजनाको मृत्यु

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनजनाको मृत्यु


बलेवा ३१ वैशाख  :  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै संक्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । रासस

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  १ : ३८ बजे

आज साउन महिनाको पहिलो सोमबार, यस्तो देखियो पशुपति

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया

राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली