२०८२, २ फाल्गुन शनिबार

कुन बार कुन रंगको कपडा लगाउँनु शुभ हुन्छ किन  ?  जान्नुहोस्  !

कुन बार कुन रंगको कपडा लगाउँनु शुभ हुन्छ किन  ?  जान्नुहोस्  !


काठमाडौँ ३१ बैशाख  :  ज्योतिष शास्त्रका अनुसार मानिसको रंगसँग गहिरो सम्बन्ध रहेको छ । रंगले हाम्रो भावनालाई दर्शाउँछ । कुनै रंग देख्दा हामीलाई रिस उठ्छ त कुनै रंग देख्दा मन मा शान्ति मिल्छ । त्यस्तै कुनै रंगले मानिसलाई उत्तेजित गर्छ । ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहको एक आफ्नै रंग हुन्छ जसले हाम्रो जीवनमा प्रभाव पार्छ । रंगको सहि प्रयोगले पनि ग्रहको अशुभ प्रभावबाट बच्न सकिन्छ । यस्तोमा, हप्ताको हरेक दिन कुनै न कुनै रंगसँग सम्बन्धित छ । त्यसैले प्रत्यक दिन बार अनुसारको रंगको कपडा लगाउँदा निकै शुभ हुन्छ ।

आइतबार
आइतबारलाई भगवान भैरव र सूर्य भगवानको दिन मानिन्छ र यस दिनको ग्रह स्वामी सूर्य ग्रह हो, जसलाई ग्रहहरूको राजा भनिन्छ। यस दिन गुलाबी, सुनौलो, सुन्तला, रातो रंगको लुगा लगाउँदा अनुहारको महिमा बढ्नुका साथै जीवनमा प्रतिष्ठा र सूर्य भगवानको असीम अनुग्रह प्राप्त हुन्छ । यो रंग ज्ञान, उर्जा, शक्ति, प्रेम र आनन्दको प्रतीक हो ।

सोमबार
सोमबार भगवान शिवलाई समर्पित छ र यो दिन चन्द्रमासँग सम्बन्धित छ। यो दिन सेतो रंग वा लाइट कलरको लुगा लगाउनु निकै शुभ मानिन्छ। सेतो रंगले शान्ति, वित्रता र सरलता दर्शाउँछ। सोमबार यस रंगको प्रयोग गर्दा चन्द्रमाको कृपा रहिरहनुको साथै कुण्डलीमा चन्द्र दोष छ भने पनि दूर हुन्छ ।

मंगलबार
मंगलबार महाबली हनुमान जीको दिन मानिन्छ र यस दिनको स्वामी ग्रह मंगल ग्रहलाई मानिन्छ। यस दिन रातो, पहेंलो र सिन्दुरी रंगको कपडा लगाउनु शुभ हुन्छ। यी रंगको प्रयोग गर्दा मंगल ग्रह प्रशन्न रहन्छ। मंगलबारको दिन यी रंगको कपडा लगाउँदा उत्साह र कार्य क्षमतामा वृद्धि हुन्छ ।

बुधबार
बुधबारको दिन भगवान गणेश जीको दिन पनि भनिन्छ। दुवो गणेश जीको सर्वोप्रिय हो। यस दिनको स्वामी बुध ग्रह हो। यस दिन हरियो रंगको प्रयोग गर्नाले बुध प्रशन्न रहनेछन्। हरियो रंग खुशी, समृद्धि, प्रेम, दया, पवित्रता, पारदर्शिता को प्रतीक हो। यस दिन हरियो लुगा लगाउँदा बौद्धिक क्षमता बढ्नुको साथै दिन शुभ रहन्छ ।

बिहिबार
बिहिबारको दिन भगवान विष्णुलाई समर्पित छ र बृहस्पतिलाई यस दिनको स्वामी मानिन्छ। बृहस्पतिलाई धन, समृद्धि, ज्ञान र सन्तानको कारक मानिन्छ। यस दिन पहेंलो र सेतो मिश्रित कपडा लगाउनु निकै शुभ हुन्छ। पहेंलो रंग अहिंसा, प्रेम, आनन्द र ज्ञानको प्रतीक हो। यस रंगले सुन्दरता र आध्यात्मिक चमक मात्र बढाउँदैन, तर बिहिबारको दिन पहेंलो वस्त्र धारण गर्दा बृहस्पतिको कृपा पनि मिल्छ ।

शुक्रबार
शुक्रवारलाई जगत जननी देवी दुर्गा, धनकी देवी लक्ष्मी र अन्य देवीहरूको दिन मानिन्छ र शुक्र ग्रह यस दिनको स्वामी मानिन्छ। शुक्रबारको दिन रातो कपडाको प्रयोग गर्नु निकै शुभ मानिन्छ । यस दिन रातो रंगको कपडा लगाउँदा तनाव कम हुन्छ साथै शारीरिक आराम बढ्छ। विवाहित महिलाले यस दिन सिन्दूर लगाउनु निकै शुभ मानिन्छ ।

शनिबार
शनिवारलाई न्यायका देवता शनिदेवको दिन मानिन्छ र यस दिनका स्वामी ग्रह शनि हुन् । यस दिन कालो, निलो, गाढा खैरो, गाढा बैजनी रंगको कपडा धारण गर्दा शनिदेवको कृपा रहनुको साथै आत्मविश्वास बढ्छ । निलो रंगलाई सफाई, निष्पाप, पारदर्शी, अनुकम्पापूर्ण, उच्च सोच हुनुको सूचक मानिन्छ ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  १२ : २५ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न