२०८२, २४ कार्तिक सोमबार

दोलखा भीमेश्वरको शिलामा फेरि आयो पसिना

दोलखा भीमेश्वरको शिलामा फेरि आयो पसिना


धुलिखेल २५ बैशाख  :  दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ । आज दिउँसो झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ । यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो ।

त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ । अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको श्रेष्ठले बताउनुभयो ।

दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भोली आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने,त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७८, २५ बैशाख शनिबार  ७ : ५८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य