पोखरा २२ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ । मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि हुनुभएको थियो ।
प्रतिक्रिया