२०८२, २८ चैत्र आईतबार

काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ८२ जना संक्रमित थपिए

काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ८२ जना संक्रमित थपिए


काठमाडौं, २१ बैसाख  : काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वरका ५० वर्षिय महिला, मण्डदेउपुर नगरपालिकाका ७८ वर्षिय पुरुष, बनेपाका ४२ वर्षिय पुरुष, भक्तपुरका ६७ वर्षिय एक पुरुष, बनेपाका ६२ वर्षि महिला, भत्तपुरका ६२ वर्षिय महिला, पनैतीका ८० वर्षिय महिला रहेका छन् ।

उनीहरु मध्य १ जनाको आइतबार, ३ जनाको सोमबार र ३ जनाको मंगलबार मृत्यु भएको थियो । मृत्यु हुनेहरुको धुलिखेल अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काभ्रेमा २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रुमख डाक्टर नरेन्द्रकुमार झाका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिकमा भेटिएको छ ।
बनेपा नगरपालिकामा २० महिला, २३ पुरुष, धुलिखेल नगरपालिकामा १० महिला १० पुरुष, रोशी गाउँपालिकामा १ महिला, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष १ महिला संक्रमित भएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ४ हजार ६८ जना जना पुगेको छ । झाका अनुसार जिल्लामा सक्रिय संक्रमित संख्या महिला २ सय ८५ र पूरुष ३ सय ४१ गरी ६ सय २६ पुगेको छ । संक्रमित मध्य अस्पताल आइसोलेशनमा २३ जना र होम आईसोलेशनमा ६ सय ३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ६ : १२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४