२०८२, २४ कार्तिक सोमबार

काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ८२ जना संक्रमित थपिए

काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ८२ जना संक्रमित थपिए


काठमाडौं, २१ बैसाख  : काभ्रेमा एकैदिन कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वरका ५० वर्षिय महिला, मण्डदेउपुर नगरपालिकाका ७८ वर्षिय पुरुष, बनेपाका ४२ वर्षिय पुरुष, भक्तपुरका ६७ वर्षिय एक पुरुष, बनेपाका ६२ वर्षि महिला, भत्तपुरका ६२ वर्षिय महिला, पनैतीका ८० वर्षिय महिला रहेका छन् ।

उनीहरु मध्य १ जनाको आइतबार, ३ जनाको सोमबार र ३ जनाको मंगलबार मृत्यु भएको थियो । मृत्यु हुनेहरुको धुलिखेल अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काभ्रेमा २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रुमख डाक्टर नरेन्द्रकुमार झाका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी संक्रमित बनेपा नगरपालिकमा भेटिएको छ ।
बनेपा नगरपालिकामा २० महिला, २३ पुरुष, धुलिखेल नगरपालिकामा १० महिला १० पुरुष, रोशी गाउँपालिकामा १ महिला, चौंरीदेउराली गाउँपालिकामा १ पुरुष १ महिला संक्रमित भएका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ४ हजार ६८ जना जना पुगेको छ । झाका अनुसार जिल्लामा सक्रिय संक्रमित संख्या महिला २ सय ८५ र पूरुष ३ सय ४१ गरी ६ सय २६ पुगेको छ । संक्रमित मध्य अस्पताल आइसोलेशनमा २३ जना र होम आईसोलेशनमा ६ सय ३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ६ : १२ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य