धनगढी १६ वैशाख : सेती प्रादेशिक अस्पतालमा संक्रमित दुई पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित पुरुषको मृत्युु भएको हो ।
संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका९२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमितको आइसियूमा उपचार भइरहेको थियो । लम्कीचुहाका संक्रमित बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया