२०८३, २५ भाद्र शुक्रबार

देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा, दिनभर मौसम नखुल्ने

देशका धेरै स्थानमा मेघगर्जनसहित बिहानैदेखि वर्षा, दिनभर मौसम नखुल्ने


काठमाडौं, ९ बैसाख :  काठमाडौं उपत्यकासहित आज विहानैदेखि देशका धेरैजसो स्थानमा मेघगर्जनसहित बर्षा भइरहेको छ ।
वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ ।

‘काठमाडौंमा अब ४०–४५ मिनेटपछि पानी पर्न रोकिने सम्भावना देखिएको छ,’ वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, ‘त्यसपछि वर्षा प्रदेश–१ तिर सर्न सक्छ ।’ तर आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन ।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ । ‘तर रातिबाट फेरि मौसम सुधार (वर्षा रोकिने) हुने देखिएको छ,’ उनले भनिन् ।

 

प्रकाशित मिति : २०७८, ९ बैशाख बिहीबार  ८ : ३८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको