२०८२, २९ भाद्र आईतबार

कोरोनाबाट नेकपा एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन

कोरोनाबाट नेकपा एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन


ललितपुर, १३ चैत :   कोरोना भाइरस संक्रमणबाट नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको निधन भएको छ ।
शुत्रबार बिहान पाटन अस्पतालमा रोकायाको निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए । ‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । , ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने जनाएको छ ।

रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो ।  एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए । ३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए ।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उहाँ संस्थापक अध्यक्ष हुनु भएको हो,’ शाहीले भने, ‘त्यसयता एक पटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहनुभयो ।’

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार  १ : ५२ बजे

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा