२०८२, २९ श्रावण बिहीबार

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’


काठमाडौं, १२ फागुन :  मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ ।

मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ४६ औं उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विकासको अधिकारसहित मानवअधिकार संरक्षण एवं प्रवद्र्धनमा नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै मन्त्री ज्ञवालीले सार्वभौमिकता, अविभाज्यता, परस्पर निर्भरता र सम्बद्धतामा जोड दिए ।

विश्वव्यापीरुपमा स्वीकार्य मानवअधिकारका मान्यता र सिद्धान्तलाई नेपालको संविधानले आत्मसात गरेको सुनाउँदै उहाँले समानता, विभेदरहित, न्याय, विधिको शासन तथा समाजका कमजोर वर्गको संरक्षणका निम्ति विशेष उपाय अपनाइको जानकारी दिए ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तिनलाई नेपालले आफ्नो राष्ट्रिय विकास योजनामा समावेश गरेको जानकारी दिँदै उनले नारी सशक्तिकरण, लैङ्गिक समानता, बालमजदुरी र बालविवाहको अन्त्य, किशोरी तथा महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसहित सबै किसिमका मानव अधिकारको रक्षा गर्न नेपाल दृढ रहेका बताए ।

मानवाधिकार प्रवद्र्धनमा मानवअधिकार प्रतिरक्षक, नागरिक समाज, सञ्चार जगत्लगायत सबैको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै परराष्ट्रमन्त्रीले महिलासहित आप्रवासी कामदारलाई निजको देश, गन्तव्य राष्ट्रसम्म पुग्न बाटोमा प्रयो हुने मुलुक तथा गन्तव्य देशले पनि मानव बेचबिखन हुन नदिन उनीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ फाल्गुन बुधबार  ७ : ३८ बजे

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी

जनकपुरधाम । जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट