२०८२, २९ श्रावण बिहीबार

बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्च’

बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्च’


काठमाडौं ३० माघ । बलात्कार, महिला हिंसा लगायतका घटनाको विरोध गर्दै काठमाडौंमा ‘सिंहदरबार महिला मार्च’ निकालिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा शुक्रबार महिला मार्च निकालिएको हो ।

बसन्तपुरबाट सुरु भएको मार्च रत्नपार्क हुँदै सिंहदरबार पुगेर टुंगिएको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । उनीहरुले ‘बलात्कार खुलेआम बलात्कृत गुमनाम’, ‘ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ?’ जस्ता नारा लगाएका थिए ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका थिए । मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा पनि गरेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।


महिला मार्चमा सहभागीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै सरकारलाई खबरदारी गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ०२ बजे

जनकपुरधाममा पत्रकारमाथि योजनाबद्ध हमला, प्रेस चौतारीको कडा चेतावनी

जनकपुरधाम । जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिको कार्यालय

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट