२०८३, २५ भाद्र शुक्रबार

बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्च’

बलात्कारका घटनाविरुद्ध ‘सिंहदरबार महिला मार्च’


काठमाडौं ३० माघ । बलात्कार, महिला हिंसा लगायतका घटनाको विरोध गर्दै काठमाडौंमा ‘सिंहदरबार महिला मार्च’ निकालिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा शुक्रबार महिला मार्च निकालिएको हो ।

बसन्तपुरबाट सुरु भएको मार्च रत्नपार्क हुँदै सिंहदरबार पुगेर टुंगिएको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागी भएका थिए । उनीहरुले ‘बलात्कार खुलेआम बलात्कृत गुमनाम’, ‘ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ?’ जस्ता नारा लगाएका थिए ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका थिए । मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा पनि गरेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।


महिला मार्चमा सहभागीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै सरकारलाई खबरदारी गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ०२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको