२०८२, १९ मंसिर शुक्रबार

मलेसियावाट आज राती एकै पटक १७ शव नेपाल आइपुग्ने

मलेसियावाट आज राती एकै पटक १७ शव नेपाल आइपुग्ने


काठमाडौ ९ माघ :  लामो समय देखि मलेसियामा रहेका नेपालीका १७ शव आइतवार नेपाल ल्याइने भएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको हो ।

नेपालवाट मलेसिया नियमित उडान भएको भएपनि शव भने ल्याउन सकिएको थिएन । नेपाली यात्रुका सामान र कार्गोका कारण जहाज भरिने भएकाले शव ल्याउन नसकिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले शवकै लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँउने भएको छ । यस अघि नियमित उडानमा सानो जहाजको उडान भइरहेको थियो ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ७ : ०३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको