२०८३, १३ बैशाख सोमबार

नेपाली भान्छा महँगियो

नेपाली भान्छा महँगियो


काठमाडौं, ९ माघ । कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटरमा १ सय रुपैयाँसम्म बढ्यो।’

संघका अनुसार तोरीको तेल दुई साताअघि प्रतिलिटर २ सय ४५ मा पाइन्थ्यो। अहिले २ सय ७५ देखि २ सय ८० रुपैयाँसम्म पर्छ। भटमासको तेल प्रतिलिटर १ सय ७५ देखि १ सय ८० रुपैयाँसम्म पथ्र्यो। यसको मूल्य बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै २ सय १० देखि २ सय २० प्रतिलिटरमा पाइने सनफ्लावरको तेल २ सय ३५ देखि २ सय ४० पर्न थालेको छ। प्रत्येक जातको चामलको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म वृद्धि भएको संघले जनाएको छ। प्रतिकिलो १ सय २५ मा पाइने हरियो केराउको मूल्य १ सय ४० र सेतो केराउको मूल्य ८० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ।

संघका अनुसार भारतमा चामल उत्पादनमा कमी र भारतले नै भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो। नेपालमा चामल उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातीत चामल हो। राजेश बर्माले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ९ : ०४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले