२०८२, १ माघ बिहीबार

८४३ जनाको लागि सुब्बामा जागिर खुल्यो, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना माग

८४३ जनाको लागि सुब्बामा जागिर खुल्यो, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना माग


काठमाडौं, २९ पुस :   लोकसेवा आयोगले नायब सुब्बा (नासु)पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु ९अप्राविधिक० पदमा विज्ञापन प्रकाशित गरेको हो ।

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ ।

जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोकसेवा आयोगले जनाएको छ ।

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ । यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोकसेवा आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  ८ : ३४ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना