बनेपा २४ पुस : काभ्रेको भैसिपाटीमा रहेको गौरीशंकर ग्याँस उद्योगमा ग्याँस ट्याङ्की बिस्फोट भएको छ । हिमाल ग्याँस ट्याङ्की बिस्फोट हुँदा तीन जना कामदार घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो । प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार उद्योगमा ग्याँस भण्डारण गर्ने ९८० केजी क्षमताको ट्याक्की लिकेज भएर बिस्फोट हुँदा भएको हो ।
बिस्फोटमा परी घाइते हुनेहरुमा बनेपा–१३ भैसिपाटीका ७० वर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ वर्षका कुमार भुजेल घाइते भएका छन् । घाइैते मध्ये बनेपा–१३ का ५५ वर्षिय लोकबहादुर खड्काको अवस्था गम्भिर रहेको छ । घाईतेहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । लोकबहादुर खड्कालाई भने शीर मेमोरियल अस्पतालमा उपचार गर्न नसकेपछि बर्न अस्पताल किर्तिपुर पठाएको छ ।
प्रतिक्रिया