२०८३, १ भाद्र मंगलबार

राष्ट्रिय सभा अधिवेशन ६ दिनमै अन्त्य गरिँदै

राष्ट्रिय सभा अधिवेशन ६ दिनमै अन्त्य गरिँदै


काठमाडौं, २० पुस :  राष्ट्रिय सभा अधिवेशन सुरु भएको ६ दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ। प्रतनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन कसरी अघि बढ्छ भन्ने विषयमा अन्योल भएसँगै सरकारले पुस २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी गरको छ।

राष्ट्रियसभाको सातौं ९हिउँदे० अधिवेशन पुस १७ गतेबाट सुरु भएको थियो। अर्को बैठक २३ गते बोलाइएको छ। तर, अधिवेशन सुरु भएको ६ दिन नबित्दै २३ गते नै अधिवेशन अन्त्य गर्ने तयारी भएको नेकपाको विश्वासनीय स्रोतले बताएको छ।

स्रोतका अनुसार आगामी पुस २३ गतेका दिन नेताहरूलाई आफ्ना भनाई राख्न दिने र संसदले प्रक्रिया पु¥याउनुपर्ने अन्य केही काम सकेपछि अधिवेशन अन्त्य हुनेछ। यो अधिवेशनलाई सरकारले २३ गते भन्दा उता लैजान खोजेकै छैन, यद्यपि, यसबारे अन्तिम निर्णय हुन बाँकी नै रहेको स्रोतले भन्यो।

राष्ट्रिय सभाको बैठकमा दुई खेमामा विभाजित नेकपाकै सांसदलाई जुहारी गराएर बैठक सञ्चालन गर्नुको अर्थ पनि नहुने भएका कारण यसलाई अब जतिसक्दो छिटो अन्त्य गरिदिने मनस्थितिमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ।

नेकपाको विभाजनको मुखमा ५९ सदस्यीय राष्ट्रिय सभामा पुष्पकमल दाहाल र माधव नेपाल खेमामा २४ सांसद र ओली खेमामा २३ सांसद देखिएका छन्।

वामदेव गौतम तटस्थ छन्। कांग्रेस पार्टीका ६ जना सदस्य र जनता समाजवादी पार्टीका ३ जना भएकाले पनि नेकपा कै विभाजित खेमाबीचको द्वन्द्वले संसद्मा हंगामा हुने खतरा देखिन्छ।

संविधानले कुनै पनि अधिवेशन कति समयसम्म रहने निर्धारण गरेको छैन। संविधानले एउटा अधिवेशन र अर्को अधिवेशनको समय ६ महिनाभन्दा बढी हुनेछैन भन्ने व्यवस्था मात्र गरेको छ।

सरकारको सिफारिसमा समय समयमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्य हुँदै आएको छ। संविधानको धारा ९३ को उपधारा १ मा अधिवेशन आह्वान र सोही धाराको उपधारा २ मा अधिवेशन अन्त्य गर्ने व्यवस्था गरेको छ। यतिबेला अन्त्य भएको संसद् अधिवेशन संवैधानिक रुपमा ६ महिना अर्थात असार २३ गतेभित्रमा बस्नु पर्नेछ।

प्रतिनिधिसभा पुर्नस्थापना नभएको अवस्थामा मुलुक निर्वाचनमा जान थाल्यो र निर्वाचन गराउन नसक्ने अवस्था आएमा सरकारले संकटकाल पनि लगाउन सक्नेछ। संकटकाल अनुमोदन गर्नुपर्ने अवस्था आयो भने राष्ट्रियसभा अधिवेशन बोलाइनेछ।

संविधानबमोजिम मुलुकमा संकटकाल घोषणा भएमा घोषणा भएको मितिले एक महिनाभित्र अनुमोदनका लागि संसदमा लैजानु पर्दछ। प्रतिनिधिसभा नभएको अवस्थामा संविधान बमोजिम संकटकालको अनुमोदन गर्ने काम राष्ट्रिय सभाले नै गर्नसक्ने भएका कारण राष्ट्रिय सभाको दुईतिहाइ बहुमतबाट संकटकाल अनुमोदन गर्नुपर्दछ भने संकटकालको म्यादथप गर्नुपरेमा पनि राष्ट्रिय सभाको दुईतिहाइबाट समर्थन हुुनुपर्दछ। इश्वरी सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७, २० पुस सोमबार  ८ : ५४ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक