२०८२, १ माघ बिहीबार

धुलिखेलमा ‘मानव अधिकार वर्ष पुस्तक२०२१’ वार्षिक सम्पादन भेला सम्पन्न

धुलिखेलमा ‘मानव अधिकार वर्ष पुस्तक२०२१’ वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव वर्ष पुस्तक २०२१ सम्पादन


धुलिखेल १९ पुस :  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौडाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १९ गते धुलिखेलमा सम्पन्न भयो ।

बागमती प्रदेश भित्रका इन्सेक जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको भेलामा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईले ईन्सेकलाई मानव अधिकार उल्लङ्घन घटनाको तथ्याङ्क सङ्कलन र अभिलेखिकरणमा विश्वासनियता बनाउन वर्ष पुस्तकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । प्रमुख बजगाईका अनुसार मानव अधिकार वर्ष पुस्तक नेपालमा मानव अधिकार उल्लङ्घन घटनाको विवरणको बैक रहेको बताउनु भयो ।

जिल्ला प्रतिनिधिहरु संकलन गरेका घटनाहरुलाई अभिलेखिकरणमा बागमती प्रदेश संयोजक कृष्ण गौतम कार्यक्रम अधिकृत गणेश भण्डारी र केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले सहजीकरण गर्नु भएको थियो । पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका १३ वटै जिल्लाबाट नेपाल मानव वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरुको वार्षिक सम्पादन गरिएको छ ।

बागमती प्रदेश कार्यालय संयोजक कृष्ण गौतमले इन्सेकले प्रकाशन गरिदै आएको मानव अधिकार वर्ष पुस्तकले २९ वर्ष भएको र अव समय अनुसार मानव अधिकार वर्ष पुस्तक सिर्जनशील र प्रभावकारी बनाउन वर्ष भरी सङ्कलन गरिएका घटनाहरुको अद्यावधिक सहित वार्षिक सम्पादन भेला सम्पन्न भएको बताउनु भयो ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ८ : ४४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा