२०८३, २५ भाद्र शुक्रबार

धुलिखेलमा ‘मानव अधिकार वर्ष पुस्तक२०२१’ वार्षिक सम्पादन भेला सम्पन्न

धुलिखेलमा ‘मानव अधिकार वर्ष पुस्तक२०२१’ वार्षिक सम्पादन भेला सम्पन्न

नेपाल मानव वर्ष पुस्तक २०२१ सम्पादन


धुलिखेल १९ पुस :  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौडाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १९ गते धुलिखेलमा सम्पन्न भयो ।

बागमती प्रदेश भित्रका इन्सेक जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको भेलामा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईले ईन्सेकलाई मानव अधिकार उल्लङ्घन घटनाको तथ्याङ्क सङ्कलन र अभिलेखिकरणमा विश्वासनियता बनाउन वर्ष पुस्तकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । प्रमुख बजगाईका अनुसार मानव अधिकार वर्ष पुस्तक नेपालमा मानव अधिकार उल्लङ्घन घटनाको विवरणको बैक रहेको बताउनु भयो ।

जिल्ला प्रतिनिधिहरु संकलन गरेका घटनाहरुलाई अभिलेखिकरणमा बागमती प्रदेश संयोजक कृष्ण गौतम कार्यक्रम अधिकृत गणेश भण्डारी र केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले सहजीकरण गर्नु भएको थियो । पुस १७ गतेदेखि सुरु गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका १३ वटै जिल्लाबाट नेपाल मानव वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरुको वार्षिक सम्पादन गरिएको छ ।

बागमती प्रदेश कार्यालय संयोजक कृष्ण गौतमले इन्सेकले प्रकाशन गरिदै आएको मानव अधिकार वर्ष पुस्तकले २९ वर्ष भएको र अव समय अनुसार मानव अधिकार वर्ष पुस्तक सिर्जनशील र प्रभावकारी बनाउन वर्ष भरी सङ्कलन गरिएका घटनाहरुको अद्यावधिक सहित वार्षिक सम्पादन भेला सम्पन्न भएको बताउनु भयो ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ८ : ४४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको