२०८२, ११ माघ आईतबार

नेकपा नेता वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ

नेकपा नेता वामदेव गौतमको दाबी– नेकपा एकता जोगाउने सम्भावना अझै जीवित छ


काठमाडौं, १८ पुस  :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताउँदै अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ । गौतमले संगठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौं हजार नेता–कार्यकर्ता आफूसँग रहेको दाबी पनि गरे । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ पुस शनिबार  ६ : ४९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई