२०८३, २९ भाद्र मंगलबार

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै

आज प्रतिनिधिसभाको बैठक, तीन विधेयक प्रस्तुत हुँदै


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।

आजको बैठकमा सरकारले तीन महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रस्तुत हुने विधेयकहरूमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ रहेका छन्।

यी विधेयकहरूले क्रमशः फरेन्सिक अनुसन्धानलाई संस्थागत र सुदृढ बनाउने, पर्यटन क्षेत्रलाई व्यवस्थित तथा प्रतिस्पर्धी बनाउने र चलचित्र उद्योगलाई कानुनी दायरामा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

बैठकबाट विधेयकहरू छलफलका लागि सम्बन्धित समितिमा पठाइने सम्भावना पनि रहेको छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  ९ : ४६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक