२०८३, २ आश्विन शनिबार

‘प्रचण्ड–माधव’ समूहलाई ठुलो झडका , ओलीतिर आए दुई सांसद

‘प्रचण्ड–माधव’ समूहलाई ठुलो झडका , ओलीतिर आए दुई सांसद


जनकपुरधाम, १६ पुस :  प्रदेश २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका दुई जना प्रदेश सांसद केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

प्रचण्ड–माधव समूहका प्रदेश सांसदद्वय ज्वालाकुमारी साह र रामचन्द्र मण्डल ओली समूहतिर लागेका हुन् । मण्डल र साह बुधबार ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलामा समेत सहभागी भएका छन् । भेलामा उनीहरूले सम्बोधन समेत गरेका छन् । ज्वालाकुमारी साह बाराको क्षेत्र नम्बर ३ ‘क’ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएकी थिइन् ।

तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले आफूले प्रधानमन्त्री ओलीको अभियानलाई साथ दिने बताएका छन् । प्रदेश २ मा नेकपामा ३२ जना सांसद थिए । तत्कालीन एमालेका २१ र माओवादीका ११ जना सांसद छन् ।

प्रचण्ड–माधवका अरु ६ जना सांसद ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।यसअघि, प्रचण्डका विश्वासपात्र प्रभु साहले ओलीलाई साथ दिइसकेका छन् । साह मन्त्री समेत बनेका छन् ।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : ३४ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै