२०८२, २६ असार बिहीबार

‘प्रचण्ड–माधव’ समूहलाई ठुलो झडका , ओलीतिर आए दुई सांसद

‘प्रचण्ड–माधव’ समूहलाई ठुलो झडका , ओलीतिर आए दुई सांसद


जनकपुरधाम, १६ पुस :  प्रदेश २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका दुई जना प्रदेश सांसद केपी ओली नेतृत्वको नेकपामा लागेका छन् ।

प्रचण्ड–माधव समूहका प्रदेश सांसदद्वय ज्वालाकुमारी साह र रामचन्द्र मण्डल ओली समूहतिर लागेका हुन् । मण्डल र साह बुधबार ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलामा समेत सहभागी भएका छन् । भेलामा उनीहरूले सम्बोधन समेत गरेका छन् । ज्वालाकुमारी साह बाराको क्षेत्र नम्बर ३ ‘क’ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएकी थिइन् ।

तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले आफूले प्रधानमन्त्री ओलीको अभियानलाई साथ दिने बताएका छन् । प्रदेश २ मा नेकपामा ३२ जना सांसद थिए । तत्कालीन एमालेका २१ र माओवादीका ११ जना सांसद छन् ।

प्रचण्ड–माधवका अरु ६ जना सांसद ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।यसअघि, प्रचण्डका विश्वासपात्र प्रभु साहले ओलीलाई साथ दिइसकेका छन् । साह मन्त्री समेत बनेका छन् ।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : ३४ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत