२०८३, ३१ श्रावण सोमबार

पूर्वएमालेको सम्पत्ति माथि प्रचण्डको ‘तिन नेत्र’ यतिसम्म गरेको खुल्यो

पूर्वएमालेको सम्पत्ति माथि प्रचण्डको ‘तिन नेत्र’ यतिसम्म गरेको खुल्यो

रकमका मामलामा प्रचण्ड निक्कै निकृष्ट प्रकारका लोभी हुन्,


काठमाडौं, १६ पुस :   पत्तासाफ भइसकेको तत्कालिन नेकपा माओवादी केन्द्रलाई त्राण दिने काम तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गुण विर्सँदै पुष्पकमल दाहाल प्रचण्डले सम्पत्तिमा आँखा गाडेका छन्।

माधवकुमार नेपाललगायतलाई पदको भुलभुलैयामा पारेर एकीकरण भएको नेकपा विभाजन गरेका प्रचण्डले पूर्वएमालेको बल्खुस्थित मुख्यालय भवन कब्जाका लागि झलनाथ खनाल, अमृतकुमार बोहरासम्मलाई लगेका थिए।

ऋणमा चुर्लुम्म डुबेको माओवादीसँग एकीकरण भएको थियो। आर्थिक रुपमा अपारदर्शी रहेका प्रचण्डले अहिले नेपाललाई फकाएर तत्कालिन एमालेको खातामा रहेको रकम रोक्काका लागि पत्राचार गरेको खुलेको छ।

एकीकरणका बेला माओवादी ८ करोड घाटामा थियो भने एमाले १० करोड बढी नाफामा रहेको थियो। बार्षिक आर्थिक अडिट समेत नगराएको माओवादीको हिसाबकिताबमा प्रचण्डको नियतले काम गरेको पूर्वमाओवादीहरू बताउँछन्। ‘रकमका मामलामा प्रचण्ड निक्कै निकृष्ट प्रकारका लोभी हुन्, उनी पार्टीलाई घाटा देखाएर आफ्ना पकेटका ठेकेदारमार्फत लगानी गर्ने मान्छे हुन्’, एक पूर्वमाओवादी नेताले भने,‘अहिले एमालेसँग रहेको रकम देखेपछि यसरी पत्राचार गरेको हुनुपर्छ।’

प्रचण्ड राज्यलाई कसरी आर्थिक रुपमा कमजोर बनाउँछन् भन्ने त सेना समायोजनका नाममा उठाइएको रकमका विषयमा उनैले बोलेको एउटा सार्वजनिक भिडियोले नै प्रष्ट बनाइसकेको छ। त्यसबेला सेनामार्फत सार्वजनिक भएको भिडियोमा उनले रकम ल्याएको बताए पनि त्यसको परिचालन कसरी भयो भन्ने विषयमा पछि जानकारी दिएका छैनन्।

तत्कालिन एमाओवादीभित्र यस विषयमा कठोर हिसाबले प्रश्न उठेपछि अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन त भएको थियो तर प्रचण्ड नै दोषी देखिएपछि उक्त प्रतिवेदनलाई गर्भमै राखियो। पछि शेरचन नै किनारामा पारिए।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : २४ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा