२०८२, २४ कार्तिक सोमबार

पूर्वएमालेको सम्पत्ति माथि प्रचण्डको ‘तिन नेत्र’ यतिसम्म गरेको खुल्यो

पूर्वएमालेको सम्पत्ति माथि प्रचण्डको ‘तिन नेत्र’ यतिसम्म गरेको खुल्यो

रकमका मामलामा प्रचण्ड निक्कै निकृष्ट प्रकारका लोभी हुन्,


काठमाडौं, १६ पुस :   पत्तासाफ भइसकेको तत्कालिन नेकपा माओवादी केन्द्रलाई त्राण दिने काम तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गुण विर्सँदै पुष्पकमल दाहाल प्रचण्डले सम्पत्तिमा आँखा गाडेका छन्।

माधवकुमार नेपाललगायतलाई पदको भुलभुलैयामा पारेर एकीकरण भएको नेकपा विभाजन गरेका प्रचण्डले पूर्वएमालेको बल्खुस्थित मुख्यालय भवन कब्जाका लागि झलनाथ खनाल, अमृतकुमार बोहरासम्मलाई लगेका थिए।

ऋणमा चुर्लुम्म डुबेको माओवादीसँग एकीकरण भएको थियो। आर्थिक रुपमा अपारदर्शी रहेका प्रचण्डले अहिले नेपाललाई फकाएर तत्कालिन एमालेको खातामा रहेको रकम रोक्काका लागि पत्राचार गरेको खुलेको छ।

एकीकरणका बेला माओवादी ८ करोड घाटामा थियो भने एमाले १० करोड बढी नाफामा रहेको थियो। बार्षिक आर्थिक अडिट समेत नगराएको माओवादीको हिसाबकिताबमा प्रचण्डको नियतले काम गरेको पूर्वमाओवादीहरू बताउँछन्। ‘रकमका मामलामा प्रचण्ड निक्कै निकृष्ट प्रकारका लोभी हुन्, उनी पार्टीलाई घाटा देखाएर आफ्ना पकेटका ठेकेदारमार्फत लगानी गर्ने मान्छे हुन्’, एक पूर्वमाओवादी नेताले भने,‘अहिले एमालेसँग रहेको रकम देखेपछि यसरी पत्राचार गरेको हुनुपर्छ।’

प्रचण्ड राज्यलाई कसरी आर्थिक रुपमा कमजोर बनाउँछन् भन्ने त सेना समायोजनका नाममा उठाइएको रकमका विषयमा उनैले बोलेको एउटा सार्वजनिक भिडियोले नै प्रष्ट बनाइसकेको छ। त्यसबेला सेनामार्फत सार्वजनिक भएको भिडियोमा उनले रकम ल्याएको बताए पनि त्यसको परिचालन कसरी भयो भन्ने विषयमा पछि जानकारी दिएका छैनन्।

तत्कालिन एमाओवादीभित्र यस विषयमा कठोर हिसाबले प्रश्न उठेपछि अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन त भएको थियो तर प्रचण्ड नै दोषी देखिएपछि उक्त प्रतिवेदनलाई गर्भमै राखियो। पछि शेरचन नै किनारामा पारिए।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : २४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य