काठमाडौं, १४ पुस : नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसत्तावादी र निरंकुश शासक भएको आरोप लगाएकी छिन् । प्रधानमन्त्री ओलीद्वारा चालिएको असंवैधानिक कदमले लोकतन्त्रमाथि धावा बोलेको उनको भनाई थियो ।
आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली निरंकुश भएको आरोप लगाएकी हुन् । ‘वर्षौं लडेर ल्याएको लोकतन्त्रमाथि धावा बोल्ने ओली अब कम्युनिष्ट नै रहेनन्’, सम्बोधनका क्रममा शाक्यको भनिन् ।
ओलीको असंवैधानिक कदमका विरुद्ध गरिएको आन्दोलनलाई निरन्तर लैजानु पर्ने उनले बताएकी छिन् । ओलीमाथि खनिदै उनले भनिन् ‘ओलीकै कारण मुलुकले अग्रगति लिन नसकेको हो।’
प्रतिक्रिया