२०८३, ३१ जेष्ठ सोमबार

नेकपाको आधिकारिकताको फैसला आउन अझै दुुई महिना लाग्न सक्ने

नेकपाको आधिकारिकताको फैसला आउन अझै दुुई महिना लाग्न सक्ने

नेकपा आधिकारिकता पाउने दुबै समुहको दावी


काठमाडौं, १३ पुस :  नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ ।

विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण पेश गर्नुुपर्ने ऐनमा व्यवस्था छ ।

नेकपा (दाहाल–नेपाल) समूूहले उक्त ऐनमा व्यवस्था भएअनुुरुप केन्द्रीय सदस्य बहुुमत रहेको भनी आयोग समक्ष आधिकारिता र चुुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुने ऐनमा व्यवस्था छ ।

उक्त दाबीका सन्दर्भमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दाबी तथा प्रमाण प्रतिलिपी संलग्न गराई आयोगले अर्को पक्षलाई १५ दिनको सूूचना दिइने आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए ।

उक्त सूूचना प्राप्त भएपछि यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र पुुष्ट्याई गर्ने आधार तथा प्रमाण पेश गर्नुुपर्नेछ । पहिलो पटक दिइएको अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले १० दिनको म्याद थप गर्न सक्नेछ ।

उक्त अवधिभित्र लिखित जवाफ पेश भए पनि नभए पनि आयोगले विवादका सम्बन्धित पक्षलाई निरुपणका लागि आयोगमा उपस्थित हुन अवधि तोकेर सूूचना दिनेछ । विवादका पक्षहरु आयोगमा उपस्थित भई निरुपण गर्न सहमत भएमा आयोगले पक्षबीच कायम भएको सहमतिअनुुरुप विवाद निरुपण गर्नेछ ।

सहमति कायम हुुन नसकेमा आयोगले दुुवै पक्षको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता प्रदान गर्न सक्ने कानूूनी व्यवस्था छ । विवादका कुनै पक्षलाई मान्यता दिन सकिने रहेनछ भने आयोगमा दाबी पेश गर्नुुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यका नाममध्ये जुुन पक्षसँग बहुुमत छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुुनुअघिको दलको हैसियत र अर्को पक्षलाई छुुट्टै राजनीतिक दलको मान्यता दिन सकिनेछ ।

निर्णय गर्ने सन्दर्भमा कुनै पक्षको बहुुमत नदेखिएमा आयोगले विवादका पक्षबाट पेश भएका प्रमाण, सम्बन्धित दलको विधान र अन्य सम्बद्ध प्रमाणका आधारमा निर्णय गर्ने ऐनमा व्यवस्था रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । विवाद निरुपण गर्दा आयोगले विवादका पक्षको सुनुवाइ गर्नुुपर्नेछ ।

उक्त प्रयोजनका लागि आयोगमा तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास कायम हुने ऐनमा व्यवस्था छ । सुनुवाइमा विवादका पक्षले आफ्नो कानूून व्यवसायी मुकरर गरी इजलास समक्ष बहस पैरवी गराउन सक्ने छन् । सुुनुुवाइ गर्दा आयोगले विवादका पक्षलाई सुुनुुवाइ हुने दिनभन्दा सात दिनअगावै सूूचना दिनुुपर्नेछ । सुुनुुवाइका क्रममा आयोगले अदालतलाई भएसरहको अधिकार प्रयोग गर्नेछ ।

आयोगले यसरी सुुनुुवाइ गर्दा लिखित जवाफ पेश भएमा पेश भएको मितिबाट तथा जवाफ पेश नभएमा पेश गर्ने अवधि नाघेको मितिबाट ४५ दिनभित्र निर्णय गर्नुुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ ।

प्रतिनिधिसभा विघटनको निर्णयसँगै नेकपाभित्र उक्त कदम ठीक वा बेठीक भनी समूह विभाजनका साथै दलको आधिकारिता र निर्वाचन चिह्नसम्बन्धी विवाद उत्पन्न भएको छ । उक्त विवादको छिनोफानोको विषय अहिले निर्वाचन आयोगमा पुुगेको छ । रासस

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ८ : ५४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क