२०८३, ३१ श्रावण सोमबार

चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै

चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै


काठमाडौं, १३ पुस : विभाजित नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) लाई मिलाउने चीनको प्रयास जारी रहेको छ । नेकपा विभाजित हुँदा अस्थिरता बढ्ने चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको सन्देश लिएर आइतबार नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीले चिनियाँ टोलीसँग दुई घण्टा छलफल गरेका थिए ।

हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं आएको हो ।

पार्टी एकताको घोषणा गरेसँगै आन्तरिक कलहमा रुमलिएको नेकपाको विवाद समाधान गर्न यसअघि पटक–पटक नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भए पनि सफल हुन नसकेपछि राष्ट्रपति सी चिनफिङले विशेष दूत पठाएका हुन् ।

उपमन्त्री येचौको टोलीले दुई समूहमा विभाजित नेकपाका नेताहरुलाई एकताका लागि आग्रह गर्ने स्रोतले जानकारी दिएको छ । टोलीले आज  नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई भेट्ने बताइएको छ ।

उपमन्त्री येचौ यसअघि पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भए लगत्तै २०७४ सालमा काठमाडौं आएका थिए । उपमन्त्री येचैलाई नेकपा एकताको बाहिरी सूत्रधार पनि मानिन्छ । चार दिन नेपाल बस्ने टोलीले नेकपा विभाजनपछिको राजनीतिक परिस्थिति र विभाजनको कारणबाट बुझ्न चाहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  १० : १३ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा