पनौती १२ पुस : काभ्रेको पनौती नगरपालिकाले नगरक्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता परिचयपत्र लिएका व्यक्तिहरु संग अन्तरक्रिया गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवा संग मनोसामाजिक परामर्श सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता भएका व्यक्तिहरुलाई ३ समुहमा विभाजन गरि पुष ९,१० र आज १२ गते गरि कार्यक्रम सम्पन्न गरेको हो
प्रतिक्रिया