२०८२, २५ कार्तिक मंगलबार

काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार


धुलिखेल १२ पुस : काभ्रेको महाभारत गाँउपालिका बाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाँउपालिकाको वडा नम्बर ८ का २८ वर्षीय लोक माया दर्लामीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको गाँउपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । दर्लामीले आजै बिहान घर्तीछाप स्वास्थ चौकीमा बच्चा जन्माउनुभएको थियो ।

बच्चा जन्मीए पछि बच्चाको सालनाल (प्लासेन्टा) अड्किएर अत्याधिक रक्त श्र्राव भएको घर्तीछाप स्वास्थ चौकीले जनाएको छ । अत्याधिक रक्त श्र्रावका कारण उहाँ बेहोस समेत भएकाले तत्काल हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उद्धार पछि उहाँलाई अहिले प्रशुति गृह काठमाण्डौमा लागीएको अध्यक्ष जिम्बाले बताउनुभयो ।

घर्तीछाप स्वास्थ्य चौकीले हेलिकप्टरको माग गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्र पठाएको थियो । राष्ट्रपति कार्यालयले यहि मन्त्रालय मार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गर्दै आएको छ । यसरी उद्धार गरिएका महिलाको उपचार खर्च समेत मन्त्रालयले नै ब्यहार्ने गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : २१ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको