२०८२, २३ भाद्र सोमबार

नेकपाका दुवै पक्षको आज केन्द्रीय कमिटी बैठक

नेकपाका दुवै पक्षको आज केन्द्रीय कमिटी बैठक


काठमाडौं ९ पुस :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आज दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ ।

मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । बैठकले एक हजार १९९ जनाको महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थप गरिएको हो । १९६ जना थप्न बाँकी रहेको जनाइएको छ ।

यस्तै प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थिए । आजको केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने, महासचिव पदको टुंगो लगाउने स्रोतले जानकारी दिएको छ । उक्त समूहमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल महासचिवका आकांक्षी छन् ।

प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए । पार्टी औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले पदाधिकारी चयन, संगठन विस्तार, भेला र प्रशिक्षणलाई तीव्रता दिएका छन् । नेकपाको दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  १० : १३ बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध