२०८२, २४ मंसिर बुधबार

नेकपा दुबै पक्षको नजर ‘सूर्य’ मा

नेकपा दुबै पक्षको नजर ‘सूर्य’ मा


काठमाडौं, ८ पुस :  २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् ।

त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् । तर त्योभन्दा ठूलो हडबाजी चुनाव चिन्ह सूर्य पाउनका लागि छ । त्यसको लडाइँ चाहिँ ४० औं वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तराद्र्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् देखिन्छ ।

हुन त पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । त्यसैले नेताहरु आफ्नो हातबाट चुनाव चिन्ह नउम्कियोस् भन्ने चाहन्छन् । त्यसका लागि नेकपाको छिनाझपटी निर्वाचन आयोगसम्मकै पुगेको छ ।

पूर्व एमाले पक्षको सूर्य चिन्हसँग भावनात्मक साइनो अत्यन्तै गहिरो छ । पूर्वमाओवादी पक्षले समेत सूर्यलाई आफ्नो चुनाव चिन्ह मानिसकेको र तत्कालीन एमालेको एउटा ठूलो पंक्ति साथमै हुने भएकाले सूर्य चिन्हमाथि यो समूहको स्वतः हकदाबी हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरुको झुकाव पनि सूर्य, एमाले र जनताको बहुदलीय जनवाद भएकाले सूर्य छापलाई आफ्नो बनाउन यो समूहले सकेको प्रयास गर्नेछ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : २४ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे