२०८३, १ आश्विन शुक्रबार

नेकपा दुबै पक्षको नजर ‘सूर्य’ मा

नेकपा दुबै पक्षको नजर ‘सूर्य’ मा


काठमाडौं, ८ पुस :  २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् ।

त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् । तर त्योभन्दा ठूलो हडबाजी चुनाव चिन्ह सूर्य पाउनका लागि छ । त्यसको लडाइँ चाहिँ ४० औं वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तराद्र्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् देखिन्छ ।

हुन त पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । त्यसैले नेताहरु आफ्नो हातबाट चुनाव चिन्ह नउम्कियोस् भन्ने चाहन्छन् । त्यसका लागि नेकपाको छिनाझपटी निर्वाचन आयोगसम्मकै पुगेको छ ।

पूर्व एमाले पक्षको सूर्य चिन्हसँग भावनात्मक साइनो अत्यन्तै गहिरो छ । पूर्वमाओवादी पक्षले समेत सूर्यलाई आफ्नो चुनाव चिन्ह मानिसकेको र तत्कालीन एमालेको एउटा ठूलो पंक्ति साथमै हुने भएकाले सूर्य चिन्हमाथि यो समूहको स्वतः हकदाबी हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरुको झुकाव पनि सूर्य, एमाले र जनताको बहुदलीय जनवाद भएकाले सूर्य छापलाई आफ्नो बनाउन यो समूहले सकेको प्रयास गर्नेछ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : २४ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण