२०८२, ११ माघ आईतबार

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर


काठमाडौं, ८ पुस :  संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनस्र्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा छन् ।

पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि काँग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् ।

सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् । आफै अघि सरेर प्रतिवादमा पनि उत्रिएका छैनन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : १२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई