२०८१, २३ भाद्र आईतबार

संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता


काठमाडौं, ७ पुस :  नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । नेकपा (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् ।

संसद विघटन बदर गर्न माग गर्दै रिट दर्ता गरिएको नेकपाकी सांसद शशी श्रेष्ठले जानकारी दिएकी छिन् । रिटमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति रहेको निवेदनको मस्यौदा गरेका एक अधिवक्ताले जानकारी दिएका छन् ।

सर्वदलीय छलफलबाट सहमति गएर सामुहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् ।

‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं । अतः मिति २०७७–९–५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’ सांसदहरुको रिटमा भनिएको छ ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेकी छन् ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : १२ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा