२०८३, ६ बैशाख सोमबार

संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता


काठमाडौं, ७ पुस :  नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । नेकपा (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् ।

संसद विघटन बदर गर्न माग गर्दै रिट दर्ता गरिएको नेकपाकी सांसद शशी श्रेष्ठले जानकारी दिएकी छिन् । रिटमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति रहेको निवेदनको मस्यौदा गरेका एक अधिवक्ताले जानकारी दिएका छन् ।

सर्वदलीय छलफलबाट सहमति गएर सामुहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् ।

‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौं । अतः मिति २०७७–९–५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’ सांसदहरुको रिटमा भनिएको छ ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेकी छन् ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : १२ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ