२०८२, २३ चैत्र मंगलबार

नेकपा एमाले ब्युँतन सक्दैनस् नेता नेपाल

नेकपा एमाले ब्युँतन सक्दैनस् नेता नेपाल


काठमाडौँ, ७ पुस नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता माधवकुमार नेपालले नेकपा एमाले ब्युँतन नसक्ने बताएका छन् । बबरमहलस्थित प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली केपी शर्मा ओलीले बालुवाटारमा भएको नेकपाको बैठकलाई भने गुट भेला मात्रै भएको संज्ञा दिएका छन् । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा वैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौँ ।’

‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’ उनले भने । पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे ।

नेता नेपालले व्यक्तिवादी प्रवृत्ति हावी भएको बताउँदै पार्टीमा समस्या आएको बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ । कतिले भने पार्टी आधिकारिक रुपमा फुटको घोषणा हुन मात्रै बाँकी रहेको बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : ०६ बजे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि

सञ्चार मन्त्रालयद्वारा नतिजामा आधारित शासकीय सुधारका लागि १० कार्यक्रम स्वीकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले नतिजामा आधारित