काठमाडौं, ६ पुस : प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह आ–आफ्ना रणनीति बनाउन जुटेका छन् ।
संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदको बैठक राखेका छन् ।
त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी कमिटी बैठक समेत बोलाएको छ । ओलीको कदमबारे छलफल गर्न आजै कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ ।
प्रतिक्रिया