विराटनगर ५ पुस : चिसोबढेसंगै जाडो छल्न बालेको आगो घरमा सल्किदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो । निरीक्षक थापाका अनुसार उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएका छन् ।
प्रतिक्रिया