२०८२, २३ भाद्र सोमबार

ओली–प्रचण्डको अडान कायमै, नेकपा स्थायी कमिटी बैठक आज बस्दै

ओली–प्रचण्डको अडान कायमै, नेकपा स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौं, ५ पुस भर्खरै जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले नेताहरुबीच थप विवाद बढाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ९आइतबार० बस्दैछ ।

बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास भइरहेको भए पनि अहिलेसम्म कुनै उपलब्धी हात परेको छैन । पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले दौडधुप बढाए पनि सहमतिको कुनै संकेत मिल्ने सकेको छैन । बरु झन नेताहरुबीच दूरी बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली हिजो दिनभरी सहमति जुटाउने प्रयासका लागि भेटघाट र परामर्शमा ब्यस्त भए । सहमतिका लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, नेकपा स्थायी कमिटी सदस्य एवम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत अन्य मन्त्रीहरुसँग भेटघाट गरेका थिए ।

प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि प्रचण्डले सो प्रस्ताव अस्वीकार गरेका थिए । प्रचण्ड निवास खुमलटारमा डेढ घण्टा बिताएका ओलीले प्रचण्डलाई आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए ।

तर अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता नहुने र पार्टी वैठकबाटै त्यसबारे निर्णय हुने बताएका थिए । यसअघिको स्थायी कमिटी वैठकमा सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति जनाएका ओली उक्त सहमति कार्यान्वयनको पक्षमा नदेखिएपछि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधव नेपाल समूह थप ‘चिढिएको’ छ ।

प्रचण्डको प्रतिवेदनलाई ‘मृत्यु पत्र’ को संज्ञा दिंदै आएका ओली प्रतिवेदन फिर्ता नभए स्थायी कमिटी वैठकमा उपस्थित नहुने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड प्रतिवेदनबारे वैठकले नै निर्णय गर्ने अडानमा छन् ।

दुई अध्यक्ष आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने सम्भावना देखिएको छैन् । आजको वैठकमा प्रधानमन्त्री ओली सहभागी हुन्छन्–हुँदैनन् भन्नेबारे नै अन्योल रहेको छ । ओली नआएको खण्डमा बैठक कसरी अगाडि बढाउने भन्नेबारे प्रचण्ड–माधव नेपाल समूहले पनि ठोस मनस्थिति बनाइ नसकेको स्रोतले जानकारी दिएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए ।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताउँदै छन् । नेकपाभित्रको विवाद निर्णायक मोडमा पुगेको छ ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ९ : ०३ बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध